उपचारपछि स्वदेश फर्किए चन्द्र भण्डारी, भने– कुनै नेपालीले आगाेमा जल्नु नपराेस् (तस्बिरसहित)

काठमाडौँ । आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा साढे दुइ महिना लामाे उपचारपछि उनी आज स्वदेश फर्किएका हुन् ।

आफ्नै घरमा खाना पकाउने ग्यास लिक भएर भएको ४ फागुनमा भएकाे आगलागीमा परी उनी गम्भीर घाइते भएका थिए । सोही आगलागीमा परेकी उनकी आमा हरिकला भण्डारीको निधन भएको थियो । सुरूमा कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइएकाे उनकाे थप उपचारका लागि एयर एम्बुलेन्समार्फ भारत लगिएकाे थियाे ।

उनले स्वदेश फर्किएर जारी गरेकाे प्रेस विज्ञप्तिमा कुनै नेपालीले आगाेमा जल्नु नपराेस् भन्ने कामना गरेका छन् । भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा नेपाली कांग्रेसका नेताहरु र आफन्त तथा शुभचिन्तकहरु उपस्थित थिए । उनले शुभचिन्तकहरुलाई धन्यवाद समेत दिए ।

तस्बिरहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *