पूजाआजा सहित सरकारी निवास सरे गण्डकीका मुख्यमन्त्री
मकालु खबर
२०८० वैशाख १८ गते
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारी निवास सरेका छन् । १५ गते मुख्यमन्त्री नियुक्त भएका उनी १६ गते शपथ सहित पदभार ग्रहण गरेका थिए । पाण्डे पूजाआजा सहित गृह प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात र स्वतन्त्र एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थन छ । यसअघि मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको भएको हो ।
मकालु खबर
२०८० वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित