तमोर जलसायुक्त बिद्युत् सरोकारवालाको टोली सिंहदरबारमा

काठमाडौँ । पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा पर्ने ७५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको तमोर जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने माग लिएर स्थानीय सरोकारवालाहरूको प्रतिनिधिमण्डल सिंहदरबार पुगेको छ ।

पाँचथरको कुम्मायक गाउँपालिकाको तमोर जलाशययुक्त जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलाई आइतबार कार्यकक्षमा नै भेटी छलफल गर्नुका साथै रोकिएको योजना तत्काल संचालन गर्न माग गरेको हो।

समितिका अध्यक्ष नरबहादुर खड्का, कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती सहितको जनप्रतिनिधि र स्थानीय सर्वपक्षीय टोलीले मन्त्री बस्नेतसङ योजना संचालन गर्न माग गरेका थिए।पूर्वकै गौरवको आयोजना अन्तरर्गत ७५६ मेगावटको तमोर जलाशययुक्त योजना कमलागत र कमक्षतिमा निर्माण गर्न सकिने र बिगतदेखि अध्यायन, अनुसन्धान र जग्गा कारोबार रोक्का जस्ता गतिविधि हुदै आएको भन्दै योजना संचालन गर्न माग गरिएको समिति अध्यक्ष खड्काले बताए ।

तीन जिल्लाको भाग्य र भविष्यसँग जोडिएको योजना पछिल्लो समयमा अन्योलमा परेको भन्दै कुम्मायक १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले अन्योल भएको योजना संचालन हुनु पर्ने विषयमा माग गरे ।

जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले गम्भिरर्तापुर्वक लिएको बताउँदै योजना संचालनको विषयमा सरकारको ध्यानाकर्षण भएको बताए। “बस्नेतले भने तपाईँहरूले लिएको चासो र चिन्ता प्रति सरकार गम्भीर छ । राष्ट्रिय गौरवको योजनामा सरकारबाट कुनै रोकछेक हुँदैन। यो विषयमा आवश्यक छलफल गरी चाँडै टुङ्गोमा पुग्छौ।”

आइतबार नै सोही टोलिले लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट सहितलाई करिव १ घण्टा छलफल गरी आयोजनका हालसम्म भएका गतिविधीहरुको जानकारी लिएको थियो । सो क्रममा पत्रपत्रिका बाहिर आएजस्तो योजना रोकिएको भन्ने कुरामा सत्यता नभएको प्रस्ट पार्दै समस्या समाधान गरेर आयोजनास्थलमा नै सुनिश्चितताको रिजल्ट लिएर आउन आफू लालायित भएको निर्देशक भट्टले बताउनु भएको थियो ।

टोलीले भट्टलाई पनि ज्ञापन पत्र बुझाउँदै आयोजना संचालनबारे ध्यानाकर्षण गराएको छ । ऊर्जा मन्त्रालयपछि लगानी बोर्डका निर्देशक सुशील भट्टलाई ज्ञापन पत्र बुझाएको कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए ।

‘हामीले योजना संचालनको भूमिका पाएको लगानी बोर्डमा पनि ज्ञापन पत्र बुझायौँ। दुई हप्तादेखि तीन हप्ता भित्र योजना अघि बढाउने विषयमा निर्णय हुने जवाफ पाएका छौ । यो सकारात्मक सन्देश हो’ अध्यक्ष लावतीले भने ।

कुम्मायक गाउँपालिका सहित तेह्रथुम र धनकुटाका सरोकारवालाहरूको टोलीले गत आइतबारदेखि योजना संचालनको विषयमा ऊर्जा मन्त्रालय र लगानी बोर्डलाई ज्ञापन पत्र बुझाएको छ । त्यस्तै १९ वैशाखमा प्रधानमन्त्रीलाई भेटेर योजनाको हालसम्मको अवस्था सँगै सरकारको ध्यानाकर्षण गराउने समितिले जनाएको छ ।

तमोर जलाशययुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड पावर चाइना ले बनाउने भनिएको थियो। तर सम्झौता भएअनुसार पावर चाइनाले ३ वर्षमा पनि कुनै प्रगति नगरेपछि एचआईडीसीएलले लगानी बोर्डलाई सम्झौता तोड्न आग्रह गरेको थियो । योजनाबाट एचआईडीसीएल र पावर चाइना पछि हट्ने संकेतपछि तमोर जलाशययुक्त जलविद्युत आयोजना अन्योलमा परेको हो ।

उनीहरूले भोलि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *