कीर्तिपुरमा क्रिकेटकाे क्रेज : छाता ओढेर वर्षालाई चुनाैती दिँदै दर्शक (तस्बिरहरु)

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युएईबीच आज जारी खेल वर्षाले रोकिए पनि त्रिवि क्रिकेट मैदानमा अहिलेसम्म दर्शकको उपस्थितिमा कुनै कमी आएको छैन ।

यी दुई टोलीको रोमाञ्चक खेल हेर्न दर्शक छाता ओढेर तथा भिजेरै पनि मैदानमा खडा छन् । त्यसो त कतिपय दर्शक रुखमा चढेको पनि देखिएको छ । वर्षालाई दर्शकले अवरोधभन्दा पनि रोमाञ्चकता प्राप्त गर्ने अवसरकार रुपमा लिएका छन् ।

वर्षा रोकिएपछि खेल सुचारु गर्न मैदन र पिचलाई भने अहिले त्रिपालले ढाकिएको छ । वर्षा रोकिने सम्भावना नदेखिए आजको खेल स्थति पनि हुन सक्छ । दोस्रो पटक वर्षाले खेल रोकिनुअघि पहिलो पारीमा व्याटिङ गरेको यूएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउँदै जम्मा १०६ रन बनाएको छ ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *