हरेक पालिकामा श्रमिक डेस्क राख्ने कानुन बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिकको समस्या समाधान गरेर जान सरकार तयार रहेको बताएका छन् । प्रदेश सरकारले सम्बोधन गर्न सक्ने खालका श्रमिकका समस्याको समाधान गरेर जान आफु तयार रहेको बताएका हुन् ।

विराटनगरमा मे १ अन्तरास्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले योगदानमा अधारित सामाजिक सुरक्षाकोष स्थापना गरेको भए पनि अहिलेका पछिल्ला सरकारले सुरक्षा कोष  कार्यान्वायनमा ध्यान नदिएको बताए । मजदुर भनेको राज्यकोलागि महत्त्वपूर्ण शक्तिको रूपमा रहेको भएपनि मजदुरको समस्यालाई राज्य, सरकार तथा मालिकले नसुन्नु दुखद रहेको  बताए  ।

उनले श्रमसँग जोडिएको मन्त्रालयमा  श्रमिक डेस्क बनाउने  र सबै पालिकामा डेस्क राख्ने खालको कानुनी ब्यबस्था गरेर जाने वातावरण बनाउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।

कुन कुन क्षेत्रमा पहल गर्दा मजदुरका अधिकार सुरक्षित हुनेछन्  त्यसको बारेमा आधिकारिक जानकारी गराउन आग्रह गर्दछु, उनले भने, आगामी जेष्ठको १५ पछि बन्ने बजेट नीति तथा कार्यक्रमले मजदुरका समस्यालाइ समाधान गरेर जान म तयार छु । उनले उद्योग मन्त्रालयमा श्रमिक डेस्क राख्ने काम साउनदेखि नै शुरू गरिने बताए  ।

उनले कोशी नामनकरण कुनै पनि समुदायको विपक्षमा नभएको बताए  । शान्तिपूर्ण रूपमा विरोधका कार्यक्रम गर्न सकिने बताएका मुख्यमन्त्री कार्कीले शान्तिपूर्ण अान्दोलनलाइ हिंसात्मक नबनाई शान्तिपूर्ण अ।न्दोलन गर्न सम्बन्धित पक्षलाई अ।ग्रह गरे ।

एमालेलाई कमजोर पार्न सकियो भने अस्थिरता ल्याउन गर्न सकिन्छ भनेर पछिल्ला समय एमाले  लक्षितगरि अ।क्रमण गर्ने काम भएको कार्कीले बताए  छन् । मुख्यमन्त्री कार्कीले एमालेलाई कमजोर पार्न विदेशी शक्तिहरू लागेको समेत बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रदेश अध्यक्ष किशोर धमलाले सरकारले श्रम ऐन कार्यान्वयन, हरेक सरकारका निकायहरूमा श्रम डेस्क स्थापना, योगदानमा अाधारित सामाजिक सुरक्षा कोषको पुर्ण कार्यान्वयन गरेर जानू पर्ने अबस्था रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *