हामी नगर्जिँदा स्यालहरुले रजाइँ गर्न खोजे : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई असफल बनाउन अहिले चारैतिरबाट प्रहार भइरहेको बताएका छन् । युद्धका बेपत्ता र सहिदलाई सम्मान गरेर शहिदको सूची निकाल्ने क्रममा प्रहार गरिएको बताए । त्यस्तै, युद्ध गरेका र सेना समायोजनमा अयोग्य ठहरिएका योद्धालाई आर्थिक राहत सहयोग गर्न खोज्दा विरोध भएको बताए । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सरकारमाथि र माओवादी पार्टीमाथि भइरहेको प्रहारविरुद्ध हामी सडकबाट गर्जियौँ मात्रै भने पनि स्यालहरु भाग्नेछन्,’ उनले भने ।

माओवादी आन्दोलनलाई आतंककै रुपमा प्रचार गर्ने खोज्ने, शान्ति सम्झौता उल्ट्याउन खोज्नेहरु विरुद्ध फेरि एकजुट हुन उनले आह्वान गरे । यसबारे पार्टीको पार्टीको केन्द्रीय समिति बैठक राखेर केही निर्णय लिने उनले बताए ।

सामाजिक न्याय, सुशासन र समृद्धितर्फ आफू केन्द्रित भएको उनले बताए । श्रमिक र कामदारको हक अघिकारलाई सम्मान गर्न सामाजिक न्यायमा केन्द्रित भएको उनले बताए ।

उनले सामन्तका छाउराहरू अहिले बाहिर  आउनल थालेकाे बताए ।

उनले विश्वव्यापी रुपमा नवउदारवादका रुपमा आएको पूँजीवादले श्रमिक वर्गलाई झन्पछि झन् शोषणमा पारिरहेको बताएका छन् । अहिले नवउदारवादले श्रमिक वर्गलाई झन् शोषणमा पार्दै आएकोले त्यसलाई परम्पराभन्दा माथि उठेर संगठनलाई अझ सशक्त बनाउनु पर्ने बताए ।

संसारलाई पूँजीवादीले चरम शोषण र दोहन गरेकै कारण अहिले विश्वव्यापी तापक्रम बढ्दै गएको, श्रमिकको जीवनशैलीमा चरम समस्या थपेको र समग्र मानव जातिकै लागि खतरापूर्ण बन्दै गएको बताएका छन् ।

नेपालीले लामो संघर्ष र बलिदानीबाट आएको व्यवस्था उल्ट्याउन त्यसमाथि निकै ठूलो प्रहार भइरहेको बताए ।

नेपालमा धेरै राजनीतिक उतार चढाव भएको र जनवर्गीय संगठनमा पनि धेरै उतार चढाव आए पनि अखिल नेपाल ट्रेड युनियन महासंघले आफ्नो वर्गप्रतिको आश्थालाई समेटिरहेको बताएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *