वर्षाका कारण नेपाल–युएईबीचको फाइनल खेल रोकियो, बाँकी खेल भाेलि हुने
काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेल स्थगित भएको छ । वर्षा नरोकिएपछि खेल मंगलबारसम्मका लागि स्थगित भएको हो । उक्त खेल आजको अन्तिम स्थितिबाटै भोलि पुनः हुने छ ।
वर्षाका कारण दोस्रो पटक खेल रोकिनुअघिसम्म युएईले २७.३ ओभर खेल्दा ९ विकेट गुमाएर जम्मा १०६ रन जोडेको थियो ।
भोलि पनि वर्षाका कारण खेल अवरुद्ध हुने अवस्था आए ओभर घटाएर खेल खेलाइने छ । यसरी पनि खेल सम्भव नहुने अवस्थामा सुपर ओभार अनुसार खेल खेलाइन छन् । र त्यो पनि संभव नभए वरियताको आधारमा उपाधि विजेताको टुंगो लगाइने छ । अन्तिम अवश्था आए नेपाल स्वतः उपाधि विजेता बन्ने छ ।
नेपाले उपाधि जितेको अवस्थामा भारत र पाकिस्तान सहभागी हुने खेलामा प्रतिस्पर्धा गर्न पाउने छ ।
सोमबारको खेलमा युएईका लागि आसिफ खानले ४६ रनको योगदान गरे । बासिल हामिले १० रन, आयन खानले ६ रन, ओपनरद्वय मोहमद वासीमले ११ रन र आर्यन लक्रा १३ रन जोडे । यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए।
नेपालका लागि ललितनारायण राजवंसीलेले ३ विकेट, सन्दीप लामिछाने र करण केसीले २–२ विकेट, सोमबार कामी र गुलशन झाले १–१ विकेट लिए ।