रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन गरेको छ ।

सोमबार काठमाडौँमा बसेको पार्टी संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । दलको नेतामा पार्टी सभापति लामिछानेलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । त्यसैगरी बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ ।

प्रमुख सचेतक परियारले भने, ‘पार्टी सभापतिलाई संसदीय दलको नेता चयन गर्याैं । अरु प्राविधिक रुपमा काम गर्नका लागि संसदीय कामकारबाहीलाई सजिलो बनाउन केही समितिहरु बनायौँ । जस्तो विधेयक अध्ययन समिति, समसामयिक समिति, त्यस्तैगरी सचेतक हाम्रो पार्टी प्रमुख सचेतकको रुपमा म कार्यरत छु । सचेतक हुनुुहुन्न थियो । माननीय निशा डाँगीलाई हामीले सचेतक बनाएका छौँ । हामीले निर्वाचनका पनि समीक्षा गर्यौं ।’

बैठकले पार्टीको संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि विधेयक अध्ययन समिति, समसामयिक लगायतका समितिहरु पनि गठन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *