आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने राष्ट्रपति रामचन्द्रको उद्घोष
मकालु खबर
२०८० वैशाख १९ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैँले व्यहोर्ने घोषणा गरेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका राष्ट्रपति रामचन्द्रलाई थप उपचारका लागि केही दिनअघि दिल्लीको एम्स अस्पताल लगिएको थियो । सो उपचारका दौरान भएको खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको भन्दै राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
सोमबार कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका थिए ।
मकालु खबर
२०८० वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित