उपेन्द्र यादवले सभामुखबाट लिए सांसद पदको शपथ
मकालु खबर
२०८० वैशाख १९ गते
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उपेन्द्र यादवले सांसद पदको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सभामुख देवराज घिमिरेले यादवलाई शपथ ग्रहण गराएका हुन् ।
४ मंसिरको निर्वाचनमा सप्तरी २ मा सीके राउतबाट पराजित भएका यादव १० वैशाखमा भएको उपनिर्वाचनमा बारा २ बाट सांसद निर्वाचित भएका हुन् ।
उपनिर्वाचनमा चितवन २ बाट सांसद निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका छन् । तर, यादव भने काठमाडौँ उपत्यका बाहिर भएका कारण उनको शपथ हुन सकेको थिएन ।
मकालु खबर
२०८० वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित