चालु आवमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने प्रक्षेपण
मकालु खबर
२०८० वैशाख १९ गते
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य थियो । तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको हो ।
त्यस्तै चालू वर्ष उपभोक्ता मूल्यमा १.८६ प्रतिशत वृद्धि रहने कार्यालको प्रक्षेपण छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ ।
यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । उक्त प्रक्षेपणभन्दा तथ्यांक कार्यालयको प्रक्षेपण कम हो ।
मकालु खबर
२०८० वैशाख १९ गते
प्रतिक्रिया