वीर अस्पतालकी नर्स श्रेष्ठकाे आत्महत्या प्रकरणमा डा. सुजन पक्राउ
काठमाडौँ । वीर अस्पतालमा कार्यरत स्टाफ नर्सलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका डा. सुजन ढकाल पक्राउ परेका छन् ।
स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा. ढकालको काठमाडौँ–१६ बोहोराटारस्थित घरमा झुन्डिएर रहेको अवस्थामा मृत फेला परेकी थिइन् । कोशी अस्पतालमा कार्यरत डा. ढकालकै कोठामा नर्स श्रेष्ठ मृत फेला परेकी थिइन् । त्यहाँ उनले लेखेको सुसाइड नोट समेत फेला परेको थियो । उक्त नाेटमा डा. ढकालले आफूसँग प्रेम गरेपनि विवाह गर्न नमानेको र परिवारले पनि डा. ढकाललाई आफूसँग विवाह गर्न नदिएकोले बाँच्न मन नभई आत्महत्या गरेको उल्लेख थियो ।
डा. ढकालसहित उनका बुवा मुरलीप्रसादले आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाउँदै मृतक नर्स श्रेष्ठका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।
उक्त जाहेरीकै आधारमा प्रहरीले डा. ढकाललाई पक्राउ गरेको हो । अहिले ढकाललाई बालाजु प्रहरी वृत्तमा राखिएको छ ।