एकैदिन १८ सय रुपैयाँले बढे सुनको भाउ
मकालु खबर
२०८० वैशाख २० गते
काठमाडौँ । नेपाली बजारमा बुधबार एकैदिन तोलाको १ हजार ८ सय रुपैयाँले सुनको भाउ बढेको छ ।
बुधबार छापावाल सुनको मूल्इ प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन एक लाग १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको थियो ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ थियो ।
यस दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १६ अमेरिकी डलरमा पुगेको छ ।
मकालु खबर
२०८० वैशाख २० गते
प्रतिक्रिया