दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने
रास्वपालाई सरकारमा ल्याउन छलफल हुने
मकालु खबर
२०८० वैशाख २० गते
काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बुधबार दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् ।
बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल केही दल गठबन्धनमा रहे पनि सरकारमा सहभागी भएका छैनन् । उनीहरुलाई सरकारमा ल्याउन गठबन्धनमा छलफल गर्न लागिएको छ ।
उपनिर्वाचनमा रास्वपाले २ स्थानमा जित हात पारेर २१ सिटको पार्टी बनेपछि रास्वपालाई सरकारमा लान प्रधानमन्त्री र प्रमुख घटक दलका शीर्ष नेता लागि परेका छन् । यसैक्रममा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि लामिछानेलाई भेटेर सरकारमा आउन आह्वान गरिसकेका छन् ।
मकालु खबर
२०८० वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित