संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन मन्त्रिपरिषद्को सिफारिस
मकालु खबर
२०८० वैशाख २० गते
काठमाडौँ । संसदको बजेट अधिवेशन (बर्खे अधिवेशन) २४ वैशाखमा बोलाउन सररकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सरकारको सिफारिस अनुसार राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने प्रावधान छ । संसदको बर्खे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिइन्छ ।
यसअघि संसदको हिउँदे अधिवेशन १५ वैशाखमा अन्त्य भएको थियो ।
मंसिर ४ काे निर्वाचनपछि बनेकाे संसदकाे याे पहिलाे बजेट अधिवेशन हाे ।
मकालु खबर
२०८० वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित