एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा राम राना चयन

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा इलामबाट निर्वाचित प्रदेश सभा सदस्य रामबहादुर राना मगर चयन भएका छन् । बुधबार नेकपा संसदीय दलले रानालाई दलको उपनेतामा चयन गरेको छ ।

यसअघि उनी प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका थिए । इलाम २(२)बाट निर्वाचित रानालाई मन्त्री बनाउने हल्ला चलाइएको थियो ।

नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको सचेतकमा भोजपुरकी सृजना राई चयन गरेको छ । राई भोजपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी हुन । उपनेता राना र राई दुवैजनालाई संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा मन्त्री बनाउने चर्चा थियो ।

मुख्यमन्त्रीले मन्त्रालयको संख्या घटाएर ९वटामा झारेपछि दुवैजनाले मन्त्री बन्न पाएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *