एमाले नेता रायमाझीका बाबु–छोरा र बादलका छोरासहित ४ विरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

नेकपा एमालेकै अर्का नेता रामबहादुर थापा बादलका छोरा प्रतिक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

रायमाझी र बादल पूर्व माओवादी हुन् । एमालेसँग पार्टी एकीकरण गरेर बनेको नेकपा विभाजन हुँदा यी नेता एमालेमै रहेका थिए । हाल माओवादी नेतृत्वको सरकार हुँदा रायमाझीका बाबुछोरा र बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *