राष्ट्रपतिले आह्वान गरे २४ वैशाखमा संसदको बजेट अधिवेशन
मकालु खबर
२०८० वैशाख २० गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले २४ वैशाखमा संसदको बजेट (बर्खे) अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले २४ वैशाख अपरान्ह ४ बजे अघिवेशन आह्वान गरेका हुन् ।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै अधिवेशन उक्त मिति र समयमा राष्ट्रपतिले आह्वान गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ ।
संसद सचिवालयले उक्त मितिमा उपस्थित हुन सांसदहरूलाइ सूचना जारी गरेकाे छ ।
मकालु खबर
२०८० वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित