दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुदमन्त्री लिम्बू
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताएका छन् । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाए । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताए । उनले आम नागरिकहरुले देख्नेगरी काम गर्ने बताए । उनले हरेक कुरालाई सकारात्मक ढंगबाट लिनपनि आग्रह गरे ।
उनले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिबद्धता जनाए ।
‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महशुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु,’ उनले भने, सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु । केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरुले देखाइरहनुभएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु ।’
डिगबहादुर लिम्बू, मन्त्री, युवा तथा खेलकुद मन्त्रालय खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए ।