संघीय संसद्मा दुई सचिव नियुक्त
मकालु खबर
२०८० वैशाख २१ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा दुई जना सचिव नियुक्त गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।
यी दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
यसअघिका प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएपछि नयाँ सचिव नियुक्त भएका हुन् ।
मकालु खबर
२०८० वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित