यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
मकालु खबर
२०८० वैशाख २२ गते
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ ।
दिउँसो कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ ।
तीन दिनको पूर्वानुमान :-
मकालु खबर
२०८० वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित