हेलिकोप्टर दुर्घटनाका ३ घाइतेको मेडिसिटी अस्पतालमा उपचार सुरु
काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका ३ घाइतेको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार सुरु भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई मेडिसिटी ल्याइएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर घाइते भएका छन् ।
एकजना घाइतेकाे खाँदबारीमै उपचार भइरहेकाेमा ती घाइतेलाइ काठमाडाैँ लैजान अस्पतालले रिफर गरिसकेकाे छ । अब ती घाइतेलाइ पनि काठमाडाैँ पठाउने नेपाली सेनाकाे हेलिकाेप्टर तयारी अवस्थामा रहेकाे संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी माेहनमणि घिमिरे ले बताए ।
आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटिया सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले बताए ।
दुर्घटनामा संखुवासभाका स्थानीय भविन गुरुङको भने निधन भएको छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : एक जनाको निधन
सिम्रिक एयर हेलिकोप्टर दुर्घटनाका ३ घाइतेलाई काठमाडौँ ल्याइयो
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका घाइतेलाई खाँदबारी अस्पताल लगियो
सिम्रिक एयरकाे हेलिकोप्टर दुर्घटना : पाइलटसहित ५ घाइते, ३ जनाको अवस्था गम्भीर
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : पाइलटसहित २ गम्भीर घाइते