तीन अंक बटुल्दै म्यानचेस्टर सिटीले बढायो अग्रता

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीका लागि दुवै गोल इके गुनडोगानले गरेका थिए । लिड्सका लागि एक गोल रोड्रीगो मोरेनोले गरेका थिए । यो जितपछि लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अग्रता ४ अंकले बढाएको छ ।

म्यानचेस्टर सिटीको ३४ खेलमा ८२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ३४ खेलमा ७८ अंक रहेको छ । लिड्स युनाइटेडको भने ३५ खेलमा ३० अंक छ र लिगमा १७औ स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *