नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

काठमाडौँ । नेपाली कांग्रेसबाट नियुक्त भएका मन्त्री सुरेन्द्रराज आचार्यले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई महिला, बालबालिका तथा ज्यष्ठ नागरिक मन्त्रीमा नियुक्त गरी शपथसमेत दिएका हुन् ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेले मन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि उक्त मन्त्राय सम्हालिरहेका महिन्द्र यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मेवारीमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *