ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाँड्ने चार पक्राउ

काठमाडौँ । नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठगेको आरोपमा चार जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाँड्ने कार्यमा संलग्न चारजना पक्राउ परेका हुन् ।

उनीहरूले एक सय भन्दा सर्वसाधरणबाट रकम उठाएर नक्कली लालपुर्जा बाँडेको खुल्न आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाँड्नेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका-५ का डिल्लीराम मैनालीसहित मेचीनगर-६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिइएको छ ।

सो घटनामा संलग्न एकजना भने फरार रहेका छन् । प्रहरीका अनुसार नक्कली लालपुर्जा बाँड्ने क्रममा पक्राउ परेकाहरूले एक परिवारसँग ९० हजार रुपैयाँसम्म असुल गरेको खुल्न आएको छ । यसरी बाँडिएको नक्कली लालपुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै किर्ते सहीछापसमेत गरिएको भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *