नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई जनालाई खाँण गृहमन्त्री हुँदा छुटाएको दाबी
मकालु खबर
२०८० वैशाख २५ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २ जनालाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला राजनीतिक दबाबमा छुटाइएको नेपाल प्रहरीका एक पूर्व अधिकारीले दाबी गरेका छन् ।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सामाजिक सञ्जाल टिकटकमार्फत यस्तो दाबी गरेका हुन् ।
टिकटकमा एक भिडिओ समेत सार्वजनिक गर्दै उनले उजुरी आएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको तर गृहमन्त्री खाँणकै कारण उक्त दुईलाई छुटाइएको बताका छन् ।
भिडिओमा उनले धेरै कुरा भनेका छन् ।
यस्तो छ उनको भिडिओ
खाण गृहमन्त्री हुँदा नै उजुरी परेको र दुईजना मान्छे पक्राउ गरिएको थियो। तर मन्त्री खाणले दवाब दिएर छुटाए ।
– पूर्व एआईजी बिज्ञानराज शर्मा pic.twitter.com/Z7s7g7k4jN— 💬Diness Ac. (@DnesKazi) May 8, 2023
मकालु खबर
२०८० वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित