वन मन्त्रालयबाट राजस्व योगदान कम छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालयबाट राजस्व योगदान कम रहेको उनको भनाइ छ ।
प्रदेशभित्रका धेरै सामुदायिक वनहरुले राजस्वमा योगदान पुर्याई रहेको चर्चा गर्दै त्यस्ता सामुदायिक वनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताए ।
‘प्रदेशभित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकी क्षेत्रकारुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ,’ मुख्यमन्त्री कार्कीले भने ।
सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त पस्तुन गर्दै उनले वनलाई पर्यटनसँग जोडेर लैजादा निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको मुख्मन्त्री कार्कीको भनाइ छ ।
उनले खुल्ला चिडिया खानाको अवधारण बारे बन मन्त्रालयले गरिरहेको अध्ययन आगमी आर्थिक वर्ष २०८०/०८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्ने बताए ।