यसकारण मैले संसदमा कपडा खाेलेँ : अमरेशकुमार सिंह (भिडिओ)

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सोमबारको आफूले संसदमा कपडा खोलेर अर्धनग्न हुनुपरेको कारणबारे स्पष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमा फेसबुकमा एक भिडिओ सार्वजनिक गर्दै सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारबारे बोल्न आफूलाई समय नदिएपछि बाध्य भएर शरीरको माथिल्लो भागको कपडा फुकालेर विरोध गरेको जनाएका छन् ।

‘मैले सभामुख घिमिरेलाई उहाँकै चेम्बरमा गएर अगाडि नै पनि जानकारी गराएको थिएँ कि मलाई आज नक्कली शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारबारे बोल्न समय दिनुहोला,’ उनले भनेका छन्, ‘तर, उहाँले समय दिनुभएन । मैले बाध्य भएर अर्धनग्न हुनुपर्यो । यसबाट कसैलाई असहज भएको भए क्षमा चाहन्छु ।’

आफूले ढुंगामुढा र सशस्त्र विद्रोहमा विश्वास नगर्ने भएकोले शान्तिपूर्ण विद्रोहको मार्ग अपनाएको पनि बताएका छन् ।

‘विश्वका धेरै देशका संसदमा यस किमिसका शान्तिपूर्ण विरोध प्रदर्शन हुने गरेका छन्,’ उनले भनेका छन्, ‘यति ठूलो भ्रष्टाचारको काण्डमा बोल्न समय नदिने कुरा ठीक भएन ।

यस्ताे छ उनकाे भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *