भूटानी शरणार्थी प्रकरण र क्यान्टोनमेन्ट काण्डबारे छानबिन गर्न सांसदहरूको माग

काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन् । उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताइन् । उनले भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको बताइन् । उनले प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गरिन् । सदस्य देवकोटाले जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने बताइन् ।

उनी भन्छिन्, ‘नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्छ । जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेका छन् । अपराधलाई संरक्षण गर्नु हुँदैन । यो मुद्दाले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको छ । निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टोनमेन्ट काण्डबारे छानबिन गर्न माग गरिन् । उनले लामो समयबाट भ्रष्टाचारको काण्डै काण्ड देशमा छाएको उल्लेख गरिन् । उनले क्यान्टोनमेन्टको काण्डलाई न्यायसंगत रूपमा छानबिन गर्न आग्रह गरिन् ।

उनी भन्छिन्, ‘धेरै लामो समयबाट भ्रष्टाचारको काण्डै काण्ड देशमा छाएको छ, त्यसको छानबिन गर्न जरुरी छ । धेरै लामो समयदेखि उठेको काण्ड अन्तर्गत क्यान्टोनमेन्टको काण्ड पनि उठेको छ, यसलाई न्यायसंगत रूपमा कानुनी तवरबाट बाहिर ल्याउन जरुरी छ ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे । उनले भ्रष्टाचारविरुद्ध कडा एक्शन सुरु गर्न पनि आग्रह गरे ।

उनले भने, ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा एक्शन सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै कटौती गरियोस् ।’

उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौती गर्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *