सबैभन्दा अनुत्पादक प्रदेश संरचना हो, खारेज गरौँ : राजेन्द्र लिङ्देन
मकालु खबर
२०८० वैशाख २६ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेको सांसद राजेन्द्र लिङ्देनले प्रदेश सरकार र अनावश्यक शासकीय संरचनाहरु खारेज गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभा संसदको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
‘सबैभन्दा अनुत्पादक प्रदेश सरकार र अन्य संरचनाहरु छन्,’ उनले भने, ‘यसलाई खारेज नगरेसम्म हुँदैन ।’ सरकारले ठूला जलविद्युत् आयोजनाको निर्माण द्रुततर गतिमा अघि बढाउनु पर्ने उनले बताए ।
मकालु खबर
२०८० वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित