पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । राजधानी इस्लामावादस्थित उच्च अदालतबाहिरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनाबारे अनुसन्धानकालागि पक्राउ गरेको हो ।

इस्लामाबाद प्रहरीका आईजीले एक विज्ञप्तिमा जारी गर्दै इमरान खानलाई अल–कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन् । इस्लामाबाद पुलिसले धारा १४४ अनुसार कारबाही हुने बताइएको छ।

पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो। वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् । इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *