संसद भवनबाहिर सांसदका कुरा : २००७ सालयताका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्छ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार आफैँ बाहिर आउने बताएका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद राणाले भ्रष्टाचार जस्तो अपराध कसैले लुकाएर नलुक्ने भन्दै आफैँ बाहिर आउने बताएका हुन् । उनले मुलुकमा भ्रष्टाचार हुँदै नहुनुपर्ने कुरा भएपनि अत्याधिक भ्रष्टाचार भइरहेको बताए । उनले मुलुकमा हरेक क्षेत्रमा भ्रष्टाचार दखिएकाले सहन साध्य नभएको बताए । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन पैसा ठग्ने काम बेइज्जती भएको बताए ।

त्यस्तै, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारको सन्दर्भमा धुलो टकटक्याउन नपाउने बताए । उनले सरकारले भ्रष्टाचार बिरुद्धका फाइल होइन फायर नै खोल्नुपर्ने बताए । उनले २००७ सालमा राणा शासनको अन्त्यपछिका भ्रष्टाचारका प्रत्येक फाइलहरु खोल्नुपर्ने बताए । उनले मुलुकलाई समृद्धि बनाउनको लागि सरकार भ्रष्टाचारका विषयमा निर्मम हुन जरुरी रहेको पनि बताए ।

त्यस्तै नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धी भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताए । उनले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताए । उनले भ्रष्टचारमा संलगन भएको जसो नाम आएको किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक नभएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *