गृहमन्त्रीलाई धन्यवाद दिँदै रविले भने- यो सिलसिला नरोकियोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् । नक्कली शरणार्थी प्रकरणमा धमाधम हाईप्रोफाइल व्यक्ति समातिन थालेपछि उनले सरकारलाई धन्यवाद दिएका हुन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू, यो सिलसिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।

यसअघि उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो गराइयो भने हेरेर नबस्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *