आकस्मिक समयमा नक्कली शरणार्थी प्रकरणबारे राप्रपालाई बोल्न दिएपछि संसद सुचारु

काठमाडौँ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरण आर्थिक भ्रष्टाचारको विषयमा मात्रै होइन, ठगी, राज्यविरुद्धको अपराध, संगठीत अपराज, किर्ते कागजात गर्नेसँग सम्बन्धीत अपराध हो । यस प्रकरणमा कसैलाई नछोडियोस् सबैलाई कारवाही होस् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री समेत भइसकेकाहरुको नाम समेत यसमा मुछिएको भन्दै देशलाई नै लज्जाबोध गराउने यो विषयमा के कारवाही हुँदैछ भन्ने विषयमा गृहमन्त्रीले संसदलाई जानकारी गराउनु पर्ने उनले बताए ।

आफूहरु संसदीय मर्यादाभित्रै रहेर आफ्ना कुरा राख्न चाहने बताएका छन् । उनले सरकारले चाँडो जवाफ दिन रुलिङ गर्न पनि उनले सभामुखसँग माग गरे ।

बुधबारकै बैठकको सुरुमा आकस्मिक समयमा यही विषय उठाउन खोजेका राप्रपा अध्यक्ष लिङ्देनलाई सभामुखले समय नदिएपछि राप्रापाले संसद बैठक अवरोध गरेको थियो । अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *