बेपत्ता हुँदा सांसद पद नै जाने भएपछि टोपबहादुरले पठाए सभामुखलाई पत्र
मकालु खबर
२०८० वैशाख २७ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएछि पक्राउ पूर्जी जारीभएसँगै फरार रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।
विनासूचना १० वटासम्म बैठकमा बेपत्ता हुँदा पद जाने भएपछि सांसद रायमाझीले सभामुखलाई आफू बिरामी रहेको भन्दै पत्र पठाएका हुन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार रायमाझीले पठाएको पत्र प्राप्त भएको छ ।
बुधबार उनलाई उनको पार्टी नेकपा एमालेले समेत निलम्बन गरेको छ ।
मकालु खबर
२०८० वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित