बालकृष्ण खाँणलाई अदालत लगियो (तस्बिरहरु)

काठमाडौँ । पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिन प्रहरीले काठमाडौँ जिल्ला अदालतमा लगेकाे छ ।

काठमाडौँ प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि अदालत लगिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित १० जनालाई पक्राउ गरिसकेको छ । आरोपितहरूको बयानका आधारमा खाँणलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *