खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
मकालु खबर
२०८० वैशाख २७ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बुधबार बिहान प्रहरीले पक्राउ गरेका उनलाई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिन प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । उनीसँग पक्राउ परेका उनका सहयोगी नरेन्द्र केसीलाई पनि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।
प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित १० जनालाई पक्राउ गरिसकेको छ । आरोपितहरूको बयानका आधारमा खाँणलाई प्रहरीले पक्राउ गरेको हो ।
मकालु खबर
२०८० वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित