पोखरामा १४ लाख मूल्य बराबरको बियर नष्ट 

पोखरा । बुधबार पोखरा पर्स्याङबाट बरामद भएको करिब १४ लाख मूल्य बराबरको बियर नष्ट गरिएको छ ।  जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसनका कानुन व्यवसायीहरूको सामूहिक पिकनिकमा लगिएको बर्डवाइजर बियर म्याद गुज्रेको भेटिएपछि बजार अनुगमन गरिएको हो ।

जिल्ला प्रशासनको अगुवाइमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी र महानगर प्रतिनिधिको टोली म्याद गुज्रेको बर्डवाइजर बियर बेच्ने महेन्द्रपुलस्थित सेलवेज डिपार्टमेन्ट स्टोर्समार्फत टोली लाभाजु इन्टरप्राइजेजमा पुगेको हो । बिक्री गोदाममा गोदाम निरीक्षण गर्दा ३५० मिलिको ३१६ कार्टुन र ११ बोतल, ३३० मिलिको ५ कार्टुन र ११ बोतल फेला परेको जिल्ला प्रशासनले जनाएको छ ।

कूल १३ लाख ९८ हजार रुपैयाँ बराबरका बियरको म्याद जुन महिनामै सकिएकोले बरामद गरिएको सहायक सिडिओ गुरुदत्त ढकालले जानकारी दिए ।  बरामद गरिएको म्याद गुज्रेका बियरलाई बुधबार पोखरा मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *