अपमान गरिएको गुनासो गर्दै युवा संघ सचिव चन्दले दिइन् राजीनामा

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सचिव बिष्णा चन्दले राजीनामा दिएकी छन् । आफूमाथि अपमान भएको भन्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।

नेपालगञ्जमा भएको अधिवेशनबाट महिलातर्फको सचिव बनेकी बैतडीकी चन्दले आफूलाई अहिले आएर सदस्यमा राख्न खोजेपछि राजीनामा दिएको बताइन् । आफूमाथि महिला भएकै कारण अपमान भएको उनको भनाई छ । कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।

आफूले २०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएपछि राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेकी छन् । लामो समय देखि राष्ट्रिय युवा संघ नेपालमा रहेर कुशलतापूर्वक जिम्मेवारीबहन गरेपनि आफूलाई अपमान गरिएको उनले गुनासो गरिन् । उनले राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षलाई राजीनामा पत्र बुझाएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *