प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा
मकालु खबर
२०८० वैशाख २९ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापन पत्र बुझाउने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेका हुन् ।
दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डलाई भेटेर अध्यक्ष लिङ्देनले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पार्टीले जनाएको छ । त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तय भएको छ ।
मकालु खबर
२०८० वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित