गण्डकी प्रदेशको मन्त्रिपरिषद बिस्तार आज, ४ बजे शपथ ग्रहण
मकालु खबर
२०८० वैशाख २९ गते
पोखरा । गण्डकीमा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी गरिएको हो ।
आज ४ बजे ४ मन्त्रीको शपथ हुनेछ । माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्दैछन् भने कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्र थापा मगर मन्त्री बन्नेछन् ।
यसअघि कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादीबाट १ मन्त्री बनिसकेका छन् ।
आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिनेछ । माओवादीबाट जुग्जाली भौतिक पूर्वाधार मन्त्री बन्नेछन् भने सुशिला सिंखडा सामाजिक विकास मन्त्री बन्नेछन् ।
बाँकी मन्त्रालय कांग्रेसले लिने भएको छ ।
मकालु खबर
२०८० वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित