प्रचण्डलाई रविको ढाडस- सरकार ढल्छ कि भन्ने चिन्ता नलिनुस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाएकोमा धन्यवाद दिएका छन् । प्रधानमन्त्रीसँग भेटमा लामिछानेले अनुसन्धान अघि बढाएकोमा धन्यवाद दिएका हुन् ।

भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टीको सधैँ साथ रहने भएकाले सरकार ढल्छ कि भनेर चिन्ता नलिन पनि उनले आग्रह गरे । ‘भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ कि भनेर चिन्ता नलिनुस् भनेर मैले भनेको छु । अहिलेको छानबिन अघि बढाउनुस् र अरू फाइलहरू पनि खोल्दै जानुस् भनेको छु,’ भेटपछि सभापति लामिछानेले भने ।

लामिछानेसँगको भेटवार्ता प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेको र यसलाई टुङ्गोमा पुर्‍याउने स्पष्ट पारेका थिए । सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रसङ्ग उठाउँदै प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछानेसँग भने, ‘भ्रष्टाचारका फाइल खोलेका बेला तपाईँहरूले समर्थन नै फिर्ता लिनुभयो । हुन त यो संयोग मात्र पनि होला । सरकारले भ्रष्टाचारका यस्ता विषयमा निष्पक्ष र इमानदार ढङ्गबाट छानबिन गर्छ । तपाईँहरू सरकारलाई सहयोग गर्नुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *