नक्कली शरणार्थी प्रकरणले हामी लज्जित छौँ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका कारण देशको शिर निहुरिएको बताएका छन् । उनले बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

नेता कोइरालाले यो प्रकरणमा संलग्नलाई कडा सजाय दिनुपर्ने बताए । ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ,’ उनले भनेका छन्, ‘हामी लज्जित भएका छौँ तसर्थ जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’

उनले देशको शासक र प्रशासकप्रति आम नागरिकमा चरम अविश्वास रहेको पनि बताए । ‘यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो छ, यसले हामीले दशकौँ सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ,’ नेता कोइरालाले अगाडि भनेका छन्, ‘अब समय आएको छ भ्रष्टाचार विरुद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *