पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
मकालु खबर
२०८० वैशाख ३१ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद एवं तत्कालिन संविधानसभाका सदस्य आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
शेर्पाविरुद्ध जिल्ला अदालत रामेछापले प्रहरीलाई पक्राउ पुर्जी जारी गरेको हो ।
पूर्व सभासद् शेर्पाले विभिन्न व्यक्तिर्ला अमेरिका पठाइदिने भनेर रकम असुल गरेको प्रहरीको आरोप छ । साथै उनले यस प्रकरणम पक्राउ परेका सानु भण्डारीलाई अदालतमा नै गएर भेटेका थिए ।
उनले हिरासतमै गएर भण्डारीला भेटी कांग्रेस नेताहरु खास गरी बाल्कृष्ण खाँडलाई यो प्रकरणमा नपोल्न आग्रह गरेका थिए । यो प्रकरणमा ठूला नेताहरु पक्राउ पर्न थालेसँगै उनी मोबाइल स्वीच अफ गरेर फरार रहेका छन् ।
मकालु खबर
२०८० वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित