तीन दलबीच संसदीय सुनुवाइसहितका समितिकाे नेतृत्वमा सहमति
काठमाडौँ । शीर्ष ३ दलको नेतृत्वबीच संसदीय सुनुवाई समितिको नेृतत्वका विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले सहमति जुटाएका हुन् ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदीय समिति र संसदका अन्य समितिको नेतृत्वको विषयमा सपनि सहमति जुटेको छ । र कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय समितिका सभापतिहरुको नामलाई अन्तिम रुप दिने छ ।
कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आजै बस्ने जनाइएको छ । आजको ३ शीर्ष नेताको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक पनि सभागी भएका थिए । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेललगायत सहभागी थिए ।
माओवादी केन्द्रबाट प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमदल दाहाल, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।
संसदको निर्वाचन भएको ६ महिना वित्न लाग्न समिति संसदस्य समितिहरुको गठनले पूर्णता पाउन सकेको छैन ।