नक्कली शरणार्थी प्रकरणमा खाँणसहित १२ अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
मकालु खबर
२०८० वैशाख ३१ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण पक्राउ परेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा प्रहरीले उनीहरुलाई उपस्थित गराएको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा असुलेर अमेरिका पठाउने यो प्रकरणमा खाँडसहित, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका एकजना पूर्व सांसद, बादलका छोरा प्रतीक र अर्का एक जना गरी पक्राउ पूर्जी जारी भइसकेका ४ जना फरार छन् ।
मकालु खबर
२०८० वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित