लज्जास्पद हारसँगै आर्सनलको उपाधि होडमा धक्का 

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले आर्सनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनका लागि जुलियो एनसिस्को, डेनिज उनडभ र पेरभिस एस्टूपीनानले एक एक गोल गरेका थिए । यो जितपछि ब्राइटनको ३४ खेलमा ५८ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

आर्सनलको यो हारपछि भने प्रिमियर लिगको उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको छ । आर्सनलको ३६ खेलमा ८१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३५ खेलमा ८५ अंक रहेको छ । अब म्यानचेस्टर सिटीले बाँकी तीन मध्ये एक खेल जितेमा प्रिमियर लिगको उपाधि जित्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *