एभर्टनलाई हराउँदै उपाधि नजिक म्यानचेस्टर सिटी
मकालु खबर
२०८० जेठ १ गते
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनमाथि शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा इके गुनडोगानले दुई गोल गरेका थिए भने इर्लिंग हालाण्डले एक गोल गरेका थिए । खेलको ३७औं मिनेटमा गुनडोगानको गोलमा सिटीले अग्रता लिएकोमा त्यसको दुई मिनेटपछि नै हालाण्डले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा गुनडोगानले सिटीको तेस्रो गोल गरेका थिए ।
यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलको ८१ अंक छ । पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा छ ।
मकालु खबर
२०८० जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित