सिद्धान्त नमिल्ने पार्टीहरु मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध : निलाम्बर आचार्य

काठमाडौँ । पूर्वराजदूत नीलाम्बर आचार्यले सिद्धान्त नमिल्ने पार्टीहरु मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध भएको बताएका छन् ।

आइतबार काठमाडौँमा टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सिद्धान्त नमिल्ने पार्टीहरुबीच एक अर्कासँगको एकता प्रक्रिया भ्रष्ट र अपराध कर्मीहरुको गर्ने गरेको बताए । उनले जति पटक निर्वाचन भएर सरकार परिवर्तन भए पनि भ्रष्ट र अपराधकर्मीको संगठनको जालोले निरन्तरता पाइराखेको बताए । उनले भूटानी शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक रहेको बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरण एउटा धनिभूत संगठित अपराध भएको बताए । उनले नक्कली शरणार्थी मात्रै नभएर मानव तस्कर र राज्यबिरुद्धको राज्यलाई खोक्रो पार्ने अपराध भएको टिप्पणी गरे ।

उनले अपराधमा संलग्न हुनेहरु धेरै शक्तिशालीहरु हुने र उनीहरुलाई संरक्षण दिनेहरु महाशक्तिशालीहरु भएको बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरणले नेपालको शासन व्यवस्था कता गइरहेको छ ? भनेर देखाएको बताए । उनले शरणार्थी प्रकरणको घटनामा राजनीतिक प्रतिशोधको रुपमा नभएर पक्राउ पर्ने अपराध गर्नेको रुपमा पक्राउ परेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *