शरणार्थी प्रकरण सामसुम बनाउन ठूला दलका नेता सक्रिय : पूर्व अख्तियार प्रमुख उपाध्याय
मकालु खबर
२०८० जेठ १ गते
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रहरीले आफ्नै पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु शाहसीपूर्ण काम भएको बताएका छन् । आइतबार काठमाडौँमा टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले सरकार दृढतापूर्वक लाग्दा कुनै पनि काम गर्न सकिने कुरा नक्कली भूटानी शरणार्थी प्रकरणले देखाएको बताए । उनले भ्रष्टाचार बिरुद्धमा सबै एक जुट हुनसके देशलाई परिवर्तन गर्न सकिने बताए ।
उनले शरणार्थी प्रकरण कसरी सामसुम बनाउन सकिन्छ भन्दै ठूला दलका नेताहरु नै सक्रियता जगाएको देखिएको आरोप लगाए । उनले भ्रष्टाचारका विषयमा छानबिन गर्ने निकायहरु सक्रिय हुन आवश्यक देखिएको बताए ।
मकालु खबर
२०८० जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित